नियम ५६
वैतनिक कानून व्यवसायीको नियुक्ति
: (१) कानून व्यवसायी राख्न नसक्ने र मुद्दाको पैरवी गर्न नसक्ने पक्षको तर्फबाट मुद्दाको पैरवी र प्रतिरक्षा गर्न अदालतले वैतनिक कानून व्यवसायी नियुक्त गर्न सक्नेछ ।
(२) वैतनिक कानून व्यवसायीको कार्यकाल नियुक्ति भएको मितिले एक वर्षको हुनेछ।
(३) वैतनिक कानून व्यवसायीको काम सन्तोषजनक भएमा अदालतले बढीमा एक वर्षसम्म अवधि थप गर्न सक्नेछ।
(४) उपनियम (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि वैतनिक कानून व्यवसायीको कार्यसम्पादन सन्तोषजनक नभएमा रजिष्ट्रारले त्यस्तो वैतनिक कानून व्यवसायीलाई जुनसुकै बखत बर्खास्त गर्न सक्नेछ । तर त्यसरी बर्खास्त गर्नु अघि निजलाई सफाइको मनासिब मौका दिनु पर्नेछ।
(५) उपनियम (२) वा (३) बमोजिमको: अवधि समाप्त नहुदै वैतनिक कानून व्यवसायीले राजीनामा दिएमा रजिष्ट्रारले सोको जानकारी अध्यक्षलाई गराई त्यस्तो राजीनामा स्वीकृत गर्न सक्नेछ।